शिक्षण जीवनका अनुभवहरु (१९ )

शिक्षण जीवनका अनुभवहरु ( १९ )
२०७१ चैत २१ शनिबार 
शिक्षकको विद्यार्थीसंग ग्रह नमिल्ने स्थितिमा के गर्नु वेस होला ?

अनुभव नं. १८ मा शिक्षकले विद्यार्थीलाई कक्षा बाहिर निकालेर समस्याको समाधान नहुंनेबारे उदाहरण सहित छलफल गरें ।

शिक्षकको विद्यार्थीसंग मन मिलेन, ग्रह मिलेन भने यस्तो स्थिति आउने मेरो अनुभव रहेकोछ ।हामी मध्ये कतिपयले विद्यार्थीलाई कक्षा बाहिर निकाली दिए पछि कक्षा शान्त हुन्छ भन्ने गलत सोंचाइ राख्छौं । तर यसले शिक्षक र त्यस विद्यार्थी बीच मनोमालिन्य अझ बढाउँछ ।त्यसले असान्दर्भित प्रश्न सोध्ने, संगैको सहपाठीलाई अलमल्याउने र शिक्षकसंग निहुं खोज्ने कार्यकलाप गर्न पछि नपर्ने हुन्छ । विद्यार्थीलाई सामान्य अवस्थामा कक्षाबाट निकाल्दा उसको पढ्ने अधिकारबाट मात्रै बन्चित नभई उसको मानव अधिकारको समेत हनन हुन्छ । कतै उ derail ( बाटो छाड्ने / कुलतमा लाग्ने ) पनि नहोला भन्न सकिन्न । शिक्षकको कर्तव्य त पढाउनु र सिकाउने नै हो ।

कुनै विद्यार्थीसंग हाम्रो ग्रह मिलेन भने त्यसलाई केही समयकोलागि ignore ( वास्ता नगर्ने, नबोल्ने, सजाय नदिने, उ तिर नहेर्ने ) गर्ने । कुनै जेहेन्दार विद्यार्थी तर्फ दृष्टि दिने, हिस्सी परेकाहरु तिर निरपेक्ष ( आकर्षणको भाव नराखी ) नजर राख्ने गरेमा शिक्षकको मुड अफ हुंदैन । कक्षाको पछाडी गएर पनि पढाउने र ब्याख्या गर्न सकिन्छ । ग्रह नमिल्ने विद्यार्थीले पछि फर्केर शिक्षकलाई  हेर्दैन पनि । कक्षा नियन्त्रण समेत हुन्छ ।

शिक्षक मित्रहरुलाई मेरो अनुभव दैनिक शिक्षणमा एक पटक प्रयोग गरेर हेर्न आग्रह गर्दछु ।