शैक्षिक जीवनका अनुभवहरु (२७ )
२०७१ चैत २९ गते आइतवार
गुणस्तरीय पढाइ हुने विद्यालयमा अभिभावकवर्गले लगानी गर्न हिचकिचाउँदैनन्
सामुदायिक होस् या निजी क्षेत्रको बोर्डिंग स्कूल होस् , यदि गुणस्तरीय पढाइ हुन्छ भन्ने कुरामा ढुक्क भएमा अभिभावकहरुले आफ्ना नानीहरुलाई भर्ना गर्न ल्याउँछन् । सस्तो र महंगो शल्कको लेखाजोखा गर्दैनन् । राम्रो पढाइ र अतिरिक्त कार्यकलाप हुंने विद्यालय अभिभावकहरुका रोजाइमा पर्दछ । सामुदायिक विद्यालयका शिक्षकहरुमा दृढ इच्छाशक्ति हुनु पर्दछ ।किनकि उनीहरु योग्य, तालिमे र अनुभवले पोख्त हुन्छन् । प्रधानाध्यापकले “Team spirit”/ समुहमा काम गर्ने वातावरण जगाउनु सक्नु पर्दछ । निष्पक्ष प्रशासन , मूल्याँकन र सुविधा प्रदान गर्ने कौशल देखाउनु पर्दछ ।