शैक्षिक जीवनका अनुभवहरु (२८ )
२०७१ चैत ३० गते सोमवार
ट्यूसन शिक्षक
आफ्नो लामो विद्यालय शिक्षक जीवनमा ट्यूसनलाई अतिरिक्त कमाइको हतियार मैले कहिल्यै बनाइन । हुन त मेरो विषय अंग्रेजी हो । असहज विषय भन्छन् यसलाई धेरै विद्यार्थी र अभिभावकहरु । यस्तै गणित / अतिरिक्त गणित र विज्ञान पनि असहज विषय मानिन्छ ।अंग्रेजी, गणित र विज्ञानका शिक्षकहरुले ट्यूसन पढाइ विशेष रुपमा आय आर्जन गर्दछन् । मैले अंग्रेजीको ट्यूसन नपढाएको कारण निम्न छन् –
१ / टेयूसन पढाउने शिक्षक मूल्याँकन प्रक्रियामा निष्पक्ष हुंन सक्दैन ;
२ / कक्षा शिक्षणमा स्वस्फुर्त हुंन सक्दैन ;
३ / परीक्षामा निरीक्षकको भूमिकामा चुस्त रहन सक्दैन ;
४/ विपरीत लिंगप्रति आकर्षण बढ्दछ ;
५ / समयमा course पूरा गर्न सक्दैन तर ट्यूसनमा आउनेलाई प्रश्न चुहाइ दिन्छ ;