शैक्षिक जीवनका अनुभवहरु (२९ )
२०७२ वैशाख १ गते मंगलवार
शुभकामना लेख्न सिकाउने
विद्यार्थीलाई कक्षामा पुस्तकमा आधारित पाठ मात्र पढाउने होइन अपितु पाठ्यक्रममा आधारित सीप पनि सिकाउने गर्नु पर्दछ ।
विभिन्न चाडपर्व , नव वर्ष , सफलता र जन्मोत्सवमा कसरी शुभकामना ,वधाइ र निमन्त्रणा लेख्ने भनेर प्रयोगात्मक कक्षा लिन सकिन्छ । यसो गर्दा विद्यार्थीहरु रुचि लिएर सहभागी हुन्छन्, सिक्छन् ।प्रभावकारी सिकाइनिमित्त एक-दुई दिन अगावै उनीहरुलाई सूचना दिएर तयारी गराउनु भने भुल्नु हुंदैन । यसो गर्नाले उनीहरु आवश्यक सामग्रीहरु – कागज, पोष्ट कार्ड, साइन पेन, कैंची, गम इत्यादि- जुटाउन सक्षम हुन्छन् ।
बोर्डमा एउटा नमूना लेखी दिनु पर्छ । कहाँ- कहाँ आफ्नै शब्द राख्न सकिन्छ, बताउनु पर्छ । १५ / २० मिनटको समय निर्धारण हुनु पर्छ । विद्यार्थीहरुले लेखेका, तयार गरेका नमूनाहरु एक-एक गरेर जाँचेर बिग्रेको ठाउँमा अण्डरलाइन गरी पुनर्लेखन गर्न लगाउनु पर्छ । पूर्ण रुपमा तयार नहुंन्जेल यो प्रक्रिया चलाइ रहनु पर्छ । नमूना तैयार भएपछि प्रोत्साहन जनाउने शब्द -Very good / Excellent / Supper लेखी शिक्षकले सही गरेर आमाबाबुलाई देखाउन भन्नु पर्छ ।
यही विधिबाट अन्य अवसरहरुमा पनि सिकाउने गर्नु पर्दछ । २ -३ पटकको Trial and error बाट बिद्यार्थीहरुले शुभकामना कार्ड लेख्न सिपालु हुन्छन् ।