(१५४ ) विद्यालय निर्माणमा लोभी पापीहरु परास्त भए
( शिक्षण जीवनका अनुभवहरु )
२०७२ भाद्र १० गते विहिवार
सन्दर्भ २०४७ चैत देखि २०५० मंसीर सम्मको हो । काठमाण्डौंको सिनामंगल स्थित गुह्येश्वरी माध्यमिक विद्यालयको प्र.अ.मा कार्यरत थिएं ।हवाई विभागले अधिकरण गरेको विद्यालयको ठाउँमा नयाँ भवन बनाइ विद्यालय सार्नु थियो ।विद्यालयमा संचालक समिति थियो । तर २०४६ सालको परिवर्तनपछि आफूलाई नेपाली काँग्रेस भन्ने स्व-मनोनित / स्व-घोषित अध्यक्ष र उनका पकेटका २ सदस्यले स्वैच्छिक निर्णय गराउन खोज्थे । पूर्व पंचहरु र नेकपा ( एमाले ) पनि थिए । अध्यक्ष र उनका पिछलग्गूहरु नाम मात्रको विद्यालय बनाइ लाभ लिने अपेक्षा राख्थे । ठेकेदार चयन,रोडा ,ढुंगा,सीमेन्ट,काठ डण्डी आदि निर्माण सामग्री खरिद जस्ता प्रकरणमा अनेक प्रकारले प्रभावित पार्न खोज्थे । पंचहरुको समूह मुआब्जा रकम शतप्रतिशत सदुपयोग हुनु पर्ने भनी खबरदारी गर्थे । वापन्थी खेमाकाहरु असल काम भए मात्र समर्थन रहने भन्थे ।समितिका सदस्यहरुको परीक्षण गर्नै मलाई ६ महिना लाग्यो । “सुन तौलनु बारम्बार मान्छे तौलनु एक बार ।” भन्ने उखान अनुसार साँच्चिकै विद्यालय निर्माण गर्ने मानसिकता राख्ने खेमाको पक्ष लिएँ, मैले । ( क्रमश: …)