( १७१ ) संविधान आउने भयो देशकै उपलब्धि : हिन्दू राष्ट्र रहेन जनतामा निराशा बृद्धि

( १७१ ) संविधान आउने भयो देशकै उपलब्धि : हिन्दू राष्ट्र रहेन जनतामा निराशा बृद्धि
            दैनिक जीवनका अनुभवहरु
           २०७२ साल भाद्र ३० गते बुधवार
आज संविधान सभाले नेपालको संविधान दुई तिहाई भन्दा बढी मतले पारित गर्यो । केही औपचारिकता पूरा गरी २०७२ असोज ३ गते अपरान्ह जारी हुंने निश्चित भएको छ । करीब ६ वर्ष समय र लगानी ६-७ खर्ब खर्च गरी संसारकै महंगो संविधान बन्यो । यो देशकै उपलब्धि हो । धन्यवाद । साधुवाद । सम्बन्धित सभासदहरुलाई । क्याबात राप्रपा नेपाल लाई । हारेर पनि जित्यो यो पार्टीले । हिन्दू धर्म कायम गराउन सकेन , हाम्रो नेपालमा । ९० % भन्दा बढी जनताले हिन्दू धर्मको पक्षमा राय सुझाव दिएको थियो । त्यसको कदर गर्न नसक्नु सभासदहरूको कमजोरी हो । 

देशमा शान्ति छाओस् ।न्याय होस् ।  अमन चैन होस् । विकास होस् । युवालाई रोज़गार होस् । नेता जनउत्तरदायी होस् ।

हिन्दू राष्ट्र रहेन जनतामा निराशा बृद्धि त हुन्छ नै । पशुपतिनाथ हुनु हुन्छ । वहाँ नै हिन्दू धर्मको संरक्षक हुनु हुन्छ ।