शिक्षण जीवनका अनुभवहरु (७१)
टुंडिखेलको वास
२०७२ जेष्ठ १३ गते बुधवार
२०७२ वैशाक १२/१३ र २९ गतेको महाभूकम्पले कुनै पनि पार्टीहरुले ल्याउन नसकेको साम्यवाद ल्याइ दियो । राजनैतिक साम्यवाद हैन फेरि । प्राकृतिक साम्यवाद । हुनेखानेहरु टुंडिखेलको शरणमा पुगे । पाल भित्र वास । हुंदा खानेहरु पनि टुंडिखेलमा । पाल भित्र वास । एक आने -दुई आनेहरु त्यही टुंडिखेलमा । रोपनी-रोपनीहरु पनि त्यही नै टुंडिखेलको वास ।डेरावालहरु , सडकपेटीवालहरु र बेहालहरु पनि टुंडिखेलमा । पालभित्र वास । लाम लागेर योगी -उद्योगी रामदेवले बाँडेको चाउचाउ र बोतल पानी थापे ।संघसंस्थाले बाँडेको खाना थापे । टन्न खाए ।त्यहाँ म ब्राम्हण हुँ भन्ने देखिएन । आफूलाई चिनाएनन् । ( क्रमश: )