शिक्षण जीवनका अनुभवहरु (७६ )
२०७२ जेष्ठ १८ गते सोमवार
त्रसित मनका विद्यार्थी यथास्थितिमा आउन समय लाग्नेछ ।
महाभूकम्पका त्रासदीमा परेका विद्यार्थीहरु २०७२ जेष्ठ १७ गतेदेखि विद्यालय उपस्थिति हुन आए । समग्रमा परिदृश्य यस्तो देखियो –
१/ न्यून संख्या । ती पनि नुन खाएका कुखुरा जस्ता ।
२/ जिल्ल परेका अनुहारहरु ।
३/ सबै विद्यालय पोशाकमा थिएनन् ।
४/ सबै विद्यार्थीहरु नयाँ जस्ता देखिन्थे ।
५/ सबैका आँखा बिस्मित थिए । आशंकित थिए , भूकम्पले हल्लाउँछ कि भन्ने ।
६/ बिपतको मुस्कान थियो ओंठहरुमा ।
७/ विद्यालयमा पढाइ हुने कुरामा भर मानिरहेका थिएनन् ।
८/ छिटो घर पुग्ने चिन्ता थियो, उनीहरुमा ।
९/ मन फुकाएर मनोविनोदमा भाग लिई रहेका थिएनन् ।
१०/ नआएका सहपाठी र शिक्षकको जीवन के भयो भन्नेमा चिन्ताग्रस्त देखिन्थे ।
सामान्य पूर्व अवस्थामा ल्याउन शिक्षकले निकै कसरत गर्नु पर्ने छ । यो चुनौती हो ।