(८२) गर्मीको मौसममा विद्यार्थीलाई सजाय दिनु हुंदैन ।

शिक्षण जीवनका अनुभवहरु ( ८२ )

२०७२ जेष्ठ २५ गते सोमवार 

गर्मीको मौसममा विद्यार्थीलाई सजाय दिनु हुंदैन ।

२०७२ जेष्ठको अन्तिम साता गर्मी ह्वास्सै वढेर आएको छ । पठनपाठन दुरुह भएकोछ । काम तदारुकतासाथ गर्नै अप्ठेरो भएकोछ । कुनै न कुनै कक्षामा विद्यार्थी ढीलो आएका हुन्छन् । शिक्षकहरुले त्यस्ता विद्यार्थीलाई “उठबस” गर्ने सजाय दिन्छन् । कसैलाई घाममा बसी राख भनी आदेश दिन्छन् । यस्तो दुबै काम अनुत्तरदायीमा पर्दछ । यसो गर्दा बढी गर्मी भएको बेलामा विद्यार्थी बेहोश भएर लड्न सक्छन् । अत: शारीरिक सजाय दिइनु  उपयुक्त छैन ।