शैक्षिक जीवनका अनुभवहरु (२४)

शैक्षिक जीवनका अनुभवहरु (२४)

२०७१ चैत २६ विहिवार 

दैनिक / मानसिक पाठ योजना 

दैनिक पाठ योजना बनाएर कक्षा शिक्षण गरिएमा बढी प्रभावकारी हुन्छ । नयाँ नियुक्त भएका शिक्षकहरुको हकमा कम्तीमा दुई वर्ष र बढीमा चार वर्षसम्म लगातार पाठ योजना बनाएर पढाउने गरे, गराएमा शिक्षकमा दक्षता आउँछ । यो दक्षताले पाठ्यक्रममा आमूल परिवर्तन न आएसम्म काम दिन्छ ।सफल  पाठ योजना निर्माण र कार्यान्वयन शिक्षकले दैनिक पढाउनु पर्ने पिरियड संख्यामा पनि भर पर्दछ । दैनिक ५-६ पिरियड पढाउनु पर्ने बाध्यता भएका शिक्षकहाट पाठ योजनाको अपेक्षा गर्नु हुंदैन । त्यस्तो अवस्थामा शिक्षकले मानसिक पाठ योजना ( Mental Lesson Plan ) को आधारमा कक्षा शिक्षण गर्ने बानी बसाल्न सके वेस हुन्छ ।

१ / मैले हिजो के र कहाँसम्म पढ़ाएँ;

२ / पुनरावृत्तिकोलागि के गर्ने, आज के पढाउने;

३ / के शैक्षिक कार्यकलाप गराउने;

४ /  मूल्याँकनकोलागि के के सोध्ने; र

५ / गृह कार्यनिमित्त के दिने ?

आदि बुंदाहरु मनमस्तिष्कमा सोंचेर कक्षा प्रवेश गर्नु नै Mental Lesson Plan बोकेर जानु हो ।